काठमाडौँ उपत्यकाको निषेधाज्ञा ११ दिन थप

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई ११ दिन थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार भएको बैठकले निषेधाज्ञा ११ दिन थप गर्ने निर्णय गरेको हो ।थप गरिएको निषेधाज्ञा केही खुकुलो हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिको निषेधाज्ञा जेठ २० गते (भोलि) मध्यरातिबाट सकिँनै लाग्दा जेठ ३१ गतेसम्म लम्ब्याइएको हो । अबको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, पुस्तक पसल बिहान ९ बजेसम्म खुल्न दिइनेछ ।

पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसल पसलहरु बिहानको समयमा खोल्न दिइनेछ ।

ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सार्वजनिक र निजी सवारी–साधन भने चल्न दिइने छैन । निजी सवारीको हकमा अत्यावश्यक कामबाहेक आवतजावतमा लगाइएको प्रतिबन्ध यथावत छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरी बिहान ९ बजेसम्म वर्कसप पनि सञ्चालन गर्न दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा