नेपाललाईअमेरिकाद्वारा कोरोना विरुद्धको खोप सहयोग गर्ने घोषणा

काठमाडौँ– अमेरिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप दिने घोषणा गरेको छ । यद्यपि नेपालका लागि कति डोज सहयोग दिने भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन्।

नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने अमेरिकी घोषणाबारे नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमा यस्तो लेखेका छन्-

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणाको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्- ‘यसले नेपाल र अमेरिकाको मित्रतताको मजबुतिलाई पुष्टि गर्छ ।’

 

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग घोषणाको स्वागत गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकाले खोप सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । उनले ट्वीटरमा यस्तो लेखेका छन् –

 

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मुलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसको वव्यक्त अनुसार पहिलो चरणमा दिइने साढे २ करोड डोज खोपको करिव ७५ प्रतिशत अर्थात झण्डै १ करोड ९० लाख कोभ्यास कार्यक्रमलाई दिइनेछ ।

अमेरिकाले पहिलो चरणमा एसियाली मुलुकका लागि ७० लाख डोज खोप वितरण गर्ने जनाएको छ । त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ।

५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकाले घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा