गत मंगलबार मिती २०७८/०३/२२ गते प्रसारण गरिएको भिडियो सामाग्रीको थम्बेलमा लेखिएको शिर्षक सँच्याइएको

गत मंगलबार मिती २०७८/०३/२२ गते चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युको बिषयकै समाचार प्रसारण गर्ने क्रममा धुन फिल्मस् एंड मिडिया प्रा. ली द्वारा संचालित हातेमालो डेलीको मातहतमा रहेको युटुब च्यानल wide Nepal बाट प्रसारण गरिएको भिडियो सामाग्रीमा सुजिता भण्डारीको न्यायको लागि अहोरात्र खटिनुभएका आदरणीय राजु सेडाई संग सम्बन्धितविषयमा गरिएको कुराकानी सुजिताको न्यायको पक्षमा र घटना स्थलको यथार्थ स्थितिको बारेमा थियो ।
उक्त कुराकानीको भिडियो सामाग्री धुन फिल्मस् एंड मिडिया प्रा. ली द्वारा संचालित हातेमालो डेलीको मातहतमा रहेको युटुब च्यानल wide Nepal बाट प्रसारण गर्ने क्रममा हाम्रो गलत सोंच र मनसाय नभई सम्बन्धित राजु सेडाईले बोलेको वास्तविकता आम नेपाली दर्शक स्रोताले थाहा पाउनु जरुरी ठानी प्रसारण गर्ने क्रममा उक्त सामाग्री को थम्बेलमा लेखिएको शिर्षकले सम्बन्धित राजु सेडाइ लागि चित्त नबुझेको र असन्तुष्टि रहेको हुँदा प्राविधिक कारणले भाषागत त्रुटि हुन पुगेकोमा सम्बन्धित राजु सेडाइ साथै हाम्रा आदरणीय श्रोता, दर्शक, तथा पाठकहरुमा पर्न गएको असर प्रति हामी हाम्रो मिडियाको तर्फ बाट क्षमा चाहान्छौ ।

सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा सम्बन्धित प्रशासनले सुक्ष्म अनुसन्धान साथै सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरोस भन्ने हामी सबैको चाहना हो । त्यसैले हामी पनि घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही होस र पिडित परिवारलाई न्याय मिलोस भनी यो अभियानमा लागिरहेका छौं ।

साथै समाजमा भएका विभिन्न नराम्रा क्रियाकलापको बिरुद्द,न्यायको पक्ष मा आफ्नो सारा काम छोडेर लाग्न हुने राजु सेडाई लागि न्यायको पक्षमा उठ्ने हजुरको आवाज सधैं बुलन्द होस हाम्रो शुभकामना छ।

साथै उक्त भिडियो सामाग्रीमा भएको शिर्षक संच्याई सकेको जानकारी गराउंदै आगामी दिनमा हामी हाम्रा आदरणीय श्रोता,दर्शक,पाठक,तथा सम्पूर्ण सुभचिन्तकहरुको अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया अनुसार हाम्रा सम्पूर्ण सुचना, संदेश, तथा समाचार [अडियो,भिडियो,तथा अनलाइन पत्रिका बाट ] अझै सत्य, तथ्य तथा निस्पक्ष प्रसारण गर्न प्रतिबद्ध छौं।

धुन फिल्मस् एंड मिडिया प्रा.ली द्वारा संचालित हातेमालोडेली डट कमका लागि wide Nepal ।पुरा भिडियो हेर्नका लागि यो link click गर्नुहोला ।


https://youtu.be/TJljoUPXaPw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा