नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत आह्वान गरेका छन्। नेता खनालले आइतबार देउवलाई विश्वासको मत दिन एमाले सांसदलाई आह्वान गरेका हुन्। भारतमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै देउवलाई मत दिन आह्वान गरेका हुन्।
‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदैछन्। सर्वोच्च अदालतले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्तको परामादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।
अस्पतालमा उपचाररत खनालले निकाले एस्तो प्रेस बिज्ञप्ति
नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।






