पथरी– मोरङको पथरी शनिश्चरेमा नाटक अनि देउराली रुन्छ मन्चन भएको छ । पथरी शनिश्चरे २ मा स्थापित हरियाली सामुदायिक वनको सभाहलमा नाटक मन्चन भएको हो । मानबहादुर मुखीया द्वारा लिखित सो नाटकलाई वि.सं.२०३३ सालमा प्रज्ञा प्रतिष्ठानमा मुखियाकै निर्देशनमा मंन्चन भएको थियो । सो नाटकलाई बि.सं. २०७४ सालमा शिल्पी थिएटरमा जीवन बरालको निर्देशनमा मंन्चन भएको थियो । हाल सोहि नाटकलाई शब्द कला समुहको आयोजनामा शब्द थिएटरले मञ्चन गरेको हो। नाटकमा बरालकै निर्देशन रहेको छ ।

नाटकमा शब्द थिएटर, झोराहाट थिएटर, कदम थिएटर, सृजना घर, शेलो थिएटर र बिराट आदर्श साहित्य मंन्चका कलाकारहरूले अभिनय गर्ने छन् । जसमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायत रहनेछन् । नाटकको संगीत संयोजन देव गुरुङ, निर्माण नियन्त्रण पर्शुराम न्यौपानेले सम्हालेका छन् ।
नाटकमा कोरियोग्राफी राम वि.क.को रहेने छ । ‘हाम्रो समाजमा शोषक–सामन्त कस्ता हुँन्थे उनीहरुले गाँउलेहरुलाई कसरी दुःख दिन्थे । हामी आफैले बुझ्ने गरेको समाजको कारुणिक चित्र यस नाटकमा देखाइनेछ’ । निर्देशक बरालले जानकारी दिए ।

नाटक तेस्रो दिन आज पनी सुरु भएको छ। नाटक बिहान ११ बजे देखि २ बजे सम्म र दिउसो ४ बजे देखी ६ बजे सम्म मन्चन हुनेछ। उक्त नाटक मन्चन ५ गते देखी ११ गते सम्म लगातार हुने नाटकका कलाकार तथा संचारकर्मी ईश्वर दुलालले जानकारी दिए ।

साथै उक्त नाटक हेर्न जाने दर्सकले श्रेणी अनुसार टिकट शुल्क जम्मा रु ३००, ५०० र १००० लाग्ने र बिद्यार्थीहरुलाई बिसेष छुट दिइने आयोजक पक्षले जनाएको छ। उक्त नाटक सम्पूर्णको चाहनालाई मध्यनजर गर्दै बिहान ८ बजे पनी मन्चन गरिएको छ।








