अभिनेत्री नम्रता श्रेष्ठको पुन एक पटक ब्रेकअप भएको खुलासा

काठमाडौं,अभिनेत्री नम्रता श्रेष्ठको प्रेमीसंगको ब्रेकपले सिनेजगतमा खुबै हल्ला मच्चाइरहेको छ।उनले आँफु र आंफ्नो प्रेमिबिच भएको खटपटलाइ खुलस्त गरेकी छन्। उनले ब्रेकअपको चर्चालाई पुष्टि गर्दै अब आफुहरु अलग भएको बताएकी छन् । विवाहको चर्चा चलेकै बेला उनीहरुको ब्रेकअपको कुरा सार्वजनिक भएको हो ।

नम्रता र दावा चारवर्षदेखि प्रेममा थिए । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेको नम्रताले आफु निकट साथीहरुलाई बताएकी छन् उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको भएपनि त्यसबारे भर्खर सार्वजनिक भएको हो ।

जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै उनी निकट एक साथीले भने, ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौं ।’पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए ।

त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए ।त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगे । चाँडै बिहे गर्ने उनीहरुको योजना पनि थियो । तर, आफूहरु प्रेममा नरहेको कुरा स्वयम नम्रताले निकट साथीहरुलाई बताउन थालेकी छिन् ।यसअघि सामाजिक संजालमा समेत दावा र नम्रताले घुमघाम र सँगै भएका तस्बिर पनि पोस्ट गर्दै आएका थिए । तर, यो गर्न पनि छाडेपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कलबाजी भैरहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा