नयाँ ‘भेरिएन्ट’ भेटियो दक्षिण अफ्रिकामा

जोहानेसबर्ग– बिहीबार दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् ।दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको उनीहरुले बताएका छन् ।हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,भन्दै दुःखको कुरा भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा भने बतए।

बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए । दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ ।

दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ ।गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिएन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो ।

डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ ।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा