आजको पञ्चाङ्ग र तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ,१३ गते,२४ अप्रिल २०२३
(सुर्योदय = ०५:३० AM, सुर्यास्त = ०६:३४ PM)
बार : बुधबार
तिथि: शुक्ल षष्ठी ११:४२ am सम्म तत्पश्चात् शुक्ल सप्तमी
करण : तैतिल  ११:४२ am सम्म तत्पश्चात् गर १२:३९ am सम्म तत्पश्चात्  वणिज १:३७ pm सम्म
नक्षत्र : पुनर्वसु ७:४ am सम्म त्यसपछि पुष्य
योग : सुकर्मा ८:२०  AM सम्म तत्पश्चात धृति
चन्द्र राशी : मिथुन ११:५५ PM २०८०-१-१३

राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ  बाट नाम आउनेहरूका लागि आजको दिन आनन्दमय रहेको छ। रमाइलो यात्रा हुनसक्छ।
अनलाइन कारोवरबाट विशेष सहयोग मिल्नेछ।

बृष

इ, उ, ए, ओ, बा, बि, बु, बे  बाट नाम आउनेहरूका लागि भने आजको दिन कार्यसिद्धिको रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ र बोलीको भरमा कार्य सम्पादन हुन्र योग देखिएको छ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, ह  बाट नाम आउनेहरूका लागि आजको दिन परिवारजनसँग भेटघाट हुनुका साथै अधुरा कामहरू पूर्ण हुनेछन्।गर्न खोजेको कार्यमा सफलता मिल्नेछ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो  बाट नाम आउनेहरूका लागि भने आजको दिन  अनावश्यक बाधा आउनेछ।भय र आक्रोशले सताउला। कुनै सामान्य कार्य गर्न पनि सङ्घर्ष गर्नुपर्ला तार प्रणय सम्बन्ध भने कसिने योग छ।

सिंह

मा ,मि, मु ,मे ,मो ,टा, टि,टु, टे बाट नाम आउनेहरूका लागि आजको दिन भययुक्त रहनेछ।स्वास्थ्यमा गडबडी होला।आजको दिन श्री हनुमानको पूजा आदि गर्नाले शुभफल प्राप्त हुन सक्नेछ।

कन्या

टो, प, पि, पु, ष, ण, ठ, पे, पो बाट नाम आउनेहरूका लागि आजको दिन शुभकार्यको हल्ला फैलनेछ ।मनमा उत्साह र उमङ्ग हुनेछ।शेयर बजारको कारोवर राम्रो होइजाला।नयाँ मान्छेसँगको भेटघाटले मन प्रसन्न रहला।

तुला

र, रि, रु, रे, रो, ता, ति, तु, ते बाट नाम आउनेहरूका लागि त्यति अनुकूल नरहला।दिनको पूर्वार्धसम्म राम्रो रहेता पनि उत्तरार्धमा अनावश्यक खर्चले मनमा चिसो पस्ला।

बृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु  बाट नाम आउनेहरूका लागि
आजको दिन सन्तोषजनक छैन।कार्यमा ढिलासुस्ती हुनेछ।मनलाई दह्रो बनाएर कार्य गरेमा केही सफलता पाइनेछ।साँझपख भने आकस्मिक खुसी छाउनेछ।

धनु

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बाट नाम आउनेहरूका लागि आज आफ्नो प्रतिभा देखाउने दिन रहेको छ।आफ्नो क्षमताले सबैलाई जित्न सकिनेछ।कठिन कार्यमा सहज तरिकाले सम्पन्न हुनेछ।

मकर

भो, ज, जि, खि, खु, खे, खो, गा, गि  बाट नाम आउनेहरूका लागि आजको दिन स्तरोन्नतिको रहेको छ।नयाँ योजनाहरू फुर्नेछन्।प्रविधिको कार्यमा पनि राम्रै हुनेछ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, द बाट नाम आउनेहरूका लागि आजको दिन अवसरनै अवसरहरू जुट्नेछन्।मिष्ठान्न भोजनको योग रहेको छ।दिन सुखले बित्नेछ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, च, चि बाट नाम आउनेहरूका लागि
आजको दिन खिन्नता छाउनेछ।मनमा उत्साह कम हुनेछ।आत्मबल बढाएर कार्य गरेमा सहज होला।अनावश्यक खर्च बढ्न सक्छ सजग रहनुहोला

—शास्त्री संयोग बस्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा