आजको पञ्चाङ्ग
वि.सं. २०८० साल वैशाखशुक्ल नवमी तिथि १७ गते आइतबार,
तदनुसार ३० अप्रिल २०२३
आज विहानको ०५:२६ बजे सूर्योदय भएर साँझ ०६:३७ बजे सूर्यास्त हुनेछ।
करण : तैतिल ७:४३ am सम्म तत्पश्चात् गर ८:४७ pm सम्म कतत्पश्चात् वणिज ९:५२ सम्म
नक्षत्र : मघा ३:४६ सम्म त्यसपछि पूर्वफाल्गुनी
योग :वृद्धि ११:३० am सम्म तत्पश्चात् ध्रुव
चन्द्र राशी : सिंह ०१:०८ am २०८०-१-१९
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन पढाइमा मन जाला।सन्तानसुख हुनुका साथै रचनात्क्मक कार्यमा सफलता प्राप्त होला।मन प्रसन्न रहला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक झमेलामा फसिएला।मन निराश रहनेछ।कुनै न कुनै चिन्ताले सताउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजनबाट सहयोग प्राप्त हुनेछ।नयाँ वस्त्रालङ्कारको प्राप्ति हुनेछ।धनलाभ हुनुका साथै मन प्रसन्न रहला।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)
आजको दिन मित्रजनहरूबा साथ मिल्नेछ।उत्तम भोजन ग्रहण गर्ने सौभाग्य मिल्ला।सुख र धनको लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन वस्त्राभूषणको प्राप्ति हुनेछ।दिन आनन्दले बित्नेछ।मन खुसी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन व्यर्थ्यको कार्यमा अनावश्यक धनखर्च हुन सक्छ।स्वास्थ्यको गडबडी हुन सक्ने भएकाले ख्याल राख्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको दिन मनमा सन्तुष्टि छाउनेछ।धनलाभ हुने योग छ।मिष्ठान्न प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)
आजको दिन उत्तम कार्य गरे बापत ठुला व्यक्तिबाट स्वाबासी पाइएला।कार्यसिद्धिको योग रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मन प्रसन्न रहला।कार्यसिद्धि हुनेछ।यो अवधिभर धार्मिक तीर्थस्थलहरूको भ्रमण गरेमा सबै कामहरू पूर्ण हुनेछन्।
मकर (जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन आकस्मिक संकट आइपर्न सक्नेछ।स्वास्थ्यले त्यति साथ नदेला ।सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन स्वास्थ्यमा अनुकूलता होला।दाम्पत्य जीवन सुखद् हुनेछ र सानो यात्राको पनि योग रहेकोछ।धन लाभ हुनुका साथै व्यापार व्यवसायमा लाभ होला।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईँको लागि शुभ रहेको छ।मन प्रसन्न रहला।धन लाभ हुनुका साथै स्वास्थ्यमा पनि राम्रो हुनेछ।
तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन भगवान् सूर्यदेवको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।
— शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )





