हराएका भावना, हराएको माया र हराएको आत्माको कथा —
शब्दहरू हराउँछन्, तर मनभित्र सधैं बाँचिरहन्छन्।
“हराएका शब्दहरू” माया, वियोग र आत्माको हराइबीच जन्मिएको मर्मस्पर्शी निबन्ध हो।यो लेखले प्रेम, पीडा र सम्झनाका ती मौन भावनाहरूलाई शब्दमा बाँध्ने प्रयास गर्छ।
जीवनका धेरै कुरा समयसँगै हराउँछन्, तर ती हराएका कुरा कहिल्यै मनबाट हराउँदैनन्।“हरायका शब्दहरू” केवल हराएको वस्तुको कथा होइन — यो हराएको माया, हराएको विश्वास,र हराएको आफैंको आत्माको कथा हो।कसैले कसैलाई त्यस्तो माया गर्छ, जसमा आफू नै हराइन्छ।त्यो हराउनु सुखद हुन्छ, जबसम्म साथ टुट्दैन।तर जब माया आफैं हराउँछ, बाँकी रहन्छ केवल याद —एकछिनको हाँसो, अधुरो संवाद, अनि तिनै अधुरा शब्दहरू।मायामा हराउँदा संसार रमाइलो लाग्छ,तर माया हराउँदा संसार सुनसान हुन्छ।कहिलेकाहीँ लाग्छ — हरायो म होइन,हरायो मेरो मुस्कान, मेरो आत्मा, मेरो पहिचान।हरायो त्यो हात, जसले भरोसा दिएको थियो।हरायो त्यो नजर, जसले जीवन रंगिन बनाएको थियो।हरायो त्यो स्वर, जसले मुटुलाई शान्त पार्थ्यो।अब मसँग बाँकी छ — ती मौन शब्दहरू,जसले बोल्दैनन्, तर महसुस हुन्छन्।ती नै हुन् “हरायका शब्दहरू” —जसले लेखिँदैनन्, तर आँसु बनेर पोखिन्छन्।कसैले भन्छ, “हराउनु भनेको हार होइन, नयाँ खोजको सुरुवात हो।”शायद यही सत्य हो।किनकि जब हामी माया, सपना, वा कुनै प्रिय कुरा हराउँछौं,त्यो खालीपनले नै हामीलाई लेख्न, सिर्जना गर्न, र फेरि बाँच्न सिकाउँछ।हरायका शब्दहरूले हामीलाई पीडा पनि दिन्छन्,तर ती नै शब्दहरू कविताको आत्मा बन्छन्।जसले हृदयमा घाउ पनि बनाउँछ, र उपचार पनि गर्छ।हरायका शब्दहरू मौन छन्, तर जीवित छन्।उनीहरूले बोल्दैनन्, तर महसुस गराउँछन्।शायद त्यसैले माया कहिल्यै मर्दैन —त्यो केवल रूप बदल्छ, अनिहरायका शब्दहरूमा बाँचिरहन्छ।
🕊️ “हराउनु हार होइन,त्यो प्रेमको अर्को रूप हो —जुन मौन भएर पनि बाँचिरहन्छ।”
@adeep
