सुनको मूल्य ६०० रूपैयाँ घट्दा चाँदीमा नयाँ रेकर्ड ब्रेक

काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनको मूल्य सोमबार सामान्य घटेको छ । हिजो एकैदिन १३०० रूपैयाँले बढेको सुन आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा २ लाख ७० हजार रुपैयाँमा झरेको छ।

हिजो छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीले भने नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको हो । हिजो तोलामा ४ हजार सय ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८ सय ९५ रूपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा