नेपाली बजारमा सुन प्रतिताेला २ लाख ६५ हजार पुग्यो, चाँदी पनि महँगियो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै बढेको छ । सुनको भाउ आज एकै दिन प्रतितोला ४ हजार ६०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा