१ लाख कित्तासम्म आवेदन दिन मिल्ने आइपीओ निष्काशन, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । आज (पुस २५ गते) देखि पाल्पा सिमेन्ट इन्डस्ट्रिजकाे आइपीओ आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा आज आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्टलाई ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आइपीओ ल्याउन अनुमति दिएको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याइएको ५६ लाख २५ कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ।

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा