विदेशिएका नेपालीले एक महिनामा पौने २ खर्बभन्दा बढी रेमिट्यान्स पठाए, ५ महिनामा ८ खर्ब ७० अर्ब भित्रियो

काठमाडौं । मंसरिमा एक महिनामा मात्रै पौने २ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स(विप्रेषण आप्रवाह) नेपाल त्रिएककोे छ । चालु आर्थिक वर्षको मंसिरमा मात्रै रेमिट्यान्स स्वरुप १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल आएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो ।

यता चालु आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७ खर्ब ४३ करोड रहेको थियो ।

यता ५ महिनामा १ लाख ७५ हजार ५९१ जना नेपाल वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेकोछ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा