काठमाडाैं । शुक्रबार पनि सुनचाँदीकाे मूल्य बढ्ने क्रममले निरन्तरता पाएकाे छ। गत पुस २४ गतेयतादेखि निरन्तर बढेकाे सुनकाे मूल्य हिजाे बिहिबार भने घटेकाे थियाे भने आज फेरि बढेकाे छ।
माघ २ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको हाे। हिजाेकाे तुलनामा आज सुनकाे मूल्य ताेलामा ७०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ।
बिहीबार यस्तो सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ थियो।
यस दिन चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँ बढेको छ। बिहीबार तोलाको ५ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य, यस दिन बढेर तोलाको ५ हजार ६४५ रुपैयाँ पुगेको छ।








