फाइनान्स समुहले उचालियाे सेयर बजार, नेप्से ३१.१२ अंकले बढ्दा करिव साढे ८ अर्बकाे काराेबार

काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएकाे छ । अघिल्ला दुई कारोबार दिन सामान्य अंकले बढेको सेयर बजार यसदिन ३१.१२ अंकले बढेकाे हाे ।

आज १.१७ प्रतिशतले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक २६ सय ७२ दशमलव ५५ विन्दुमा राेकिएकाे छ।

आज सबै समुहकाे सेयरमा हरियाली छाएकाे छ। यसदिन फाइनान्स समुह सर्वाधिक ५.७३, विकास बैंक ३.०३, उत्पादन तथा प्रशाेधन २.४२, हाेटल तथा पर्यटन २.०२, माइक्राेफाइनान्स १.३१ र जीवन बीमा समुह १.२५ प्रतिशतले बढेकाे छ ।

आज २२४ कम्पनीकाे सेयर मूल्य बढेकाेमा सागर डिष्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र गुर्खाज फाइनान्सकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ । यस्तै समग्र बजार बढेकाे दिन थ्रीस्टार हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ८.७८ प्रतिशत घटेकाे छ ।

नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ। आज ३३८ कम्पनीकाे १ कराेड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० कराेड २७ लाख ९७ हजार रूपैयाँका काराेबार भएकाे छ।

अघिल्लाे काराेबार दिन ३ सय २० वटा कम्पनीका १ करोड २५ लाख कित्ता शेयर ६ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा