सेयर बजारलाई पनि लाग्याे चुनाबी सरगर्मी: ४२.२६ अंकले बढ्याे नेप्से, पाैने १२ अर्ब माथिकाे काराेबार

काठमाडौं। मंगरबार पनि सेयर बजारमा उत्साह देखिएको छ। मुलुक निर्वाचनमा होमिएसँगै सेयर बजारमा पनि रौनक देखिएको छ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४२.२६ अंकले बढ्दा २७ सयको बिन्दु पार गरेको हो यसदिन १.५८ प्रतिशतले बढेको नेप्से २७ सय १४ दशमलव ८१ बिन्दुमा रोकिएको छ।

नेप्से परिसूचकसँगै यसदिन कारोबार रकममा पनि उत्साह देखिएको छ। आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजो ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रूपैयाँका कारोबार भएको थियो ।

आज सबै समुहका उपसूचक बढेकोमा होटल तथा पर्यटन समुह ३.३६, लगानी समुह २.५४, जीवन बीमा १.८६, जलविद्युत १.७७, निर्जिवन बीमा १.६५, माइक्रोफाइनान्स १.५४, बिकास बेंक १.४५, अन्य समुह १.४४, उत्पादन तथा प्रशोधन १.३९, बैंकिङ समुह १.२४ र म्युच्युअल फण्ड उपसमुहको सेयर १.०४ प्रतिशत बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा