काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ।
सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७ औँ वर्षमा प्रवेश गरेको हो ।
‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ भुक्तानी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा विकास गर्दै आएको छ। हाल इसेवा टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बिमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्ने हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको छ ।
इसेवाले १७ वर्षको यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा र वित्तीय समावेशितालाई आफ्नो मूल लक्ष्यका रूपमा स्थापित गर्दै आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ । प्रयोगकर्ता केन्द्रित नवप्रवर्तनमार्फत वित्तीय समावेशितामार्फत डिजिटल अर्थतन्त्रमा सबै वर्गको सहभागिता बढाउन; प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउन तथा डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्याउन रूपमा लागिरहने प्रतिबद्धता समेत इसेवाले गरेको छ ।





