काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार ऐतिहासिक उछाल आएको छ। विगतका सबै रेकर्डहरू तोड्दै सुनको मूल्यले फेरि ३ लाख रुपैयाँको विन्दु पार गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६०० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।





