नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि: प्रतितोला ३ लाख नाघ्यो

काठमाडौं। नेपाली बजारमा साेमबार सुनको मूल्यमा ऐतिहासिक वृद्धि देखिएको छ। साेमबार सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी तोलामा २४० रुपैयाँले बढेको हो ।

यो वृद्धिपछि साेमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ, जबकि गत शुक्रबार यसको कारोबार २ लाख ९१ हजार रुपैयाँमा भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा