निरन्तर बढ्दै सुनचाँदीकाे मूल्य: आज प्रतितोला ११ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा केही दिनयता उतारचढाव भइरहेको सुनको मूल्यमा आज फेरि वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ११ सय रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो तथ्याङ्क अनुसार गत आइतबार सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ३ लाख ४ हजार ६ सय रुपैयाँमा झरेको थियो, तर त्यसयता फेरि मूल्य बढ्न थालेको हो।

सुनसँगै चाँदीको भाउमा पनि आज उल्लेख्य बढोत्तरी भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो। यससँगै आज बजारमा चाँदी प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो चाँदीको मूल्य ५ हजार २ सय ४० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा मूल्य बढे पनि यो मूल्य अहिलेसम्मकै उच्च भने होइन, तर पछिल्लो केही दिनको तुलनामा भने यो मूल्य निकै माथि पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा