आइतबार तोलामा २३ सयले बढ्यो सुनकाे मूल्य, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा साताको सुरुवाती दिनदेखि नै सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। गत शुक्रबार उल्लेख्य गिरावट आएको सुनको भाउ आज (आइतबार) भने पुनः आकाशिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा झरेको थियो।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन (गत शुक्रबार) चाँदीको मूल्य तोलामा ३ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा