काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङको बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा पुगेको छ। खाडी मुलुकका मुद्राहरूमा कतारी रियालको बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा र युएई दिरामको बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
कुवेती दिनारको बिक्रीदर भने ४७६ रुपैयाँ २२ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।





