सुनको मूल्य आज एकैदिन ४ हजार ३०० रूपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा लगातार ३ दिन घटेको सुनको मूल्य आज बढेको छ। आज एकैदिन सुनको मूल्य ४ हजार ३०० रुपैयाँले बढेको छ।

यसअघि आइतबार तोलामा २३ सय रुपैयाँयाँले बढेको सुनको भाउ सोमबार ३००० र मंगलबार प्रतितोला ९०० रुपैयाँ र हिजो बुधबार तोलामा १ हजार ५०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ८८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा