साताको अन्तिम दिन १४ अङ्कले बढ्यो नेप्से परिसूचक, ५ कम्पनीको सेयर मूल्यमा ‘सकारात्मक सर्किट’

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) मा सकारात्मक सुधार देखिएको छ।

अघिल्लो दिन बुधबार करिब साढे २४ अङ्कले गिरावट आएको बजार आज सम्हालिँदै १४.२१ अङ्कले वृद्धि भएको हो। यससँगै नेप्से परिसूचक २९ सय ५० दशमलव १६ विन्दुमा पुगेर रोकिएको छ।

बजार परिसूचक उकालो लागे पनि कारोबार रकममा भने केही गिरावट आएको छ। आज ३४३ कम्पनीका ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता सेयर खरिद-बिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

हिजो बुधबार ३४५ कम्पनीको १५ अर्ब ९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, जसको तुलनामा आज झण्डै २ अर्ब रुपैयाँले कारोबार घटेको देखिन्छ।

क्षेत्रगत रूपमा हेर्दा आज विकास बैंक, जीवन बीमा र व्यापार समूहका उपसूचकहरूमा सामान्य गिरावट आएको छ। बाँकी सबै समूहका उपसूचकहरूमा भने सुधार देखिएको छ।

विशेष गरी हाइड्रोपावर समूहको उपसूचक १.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.५० प्रतिशतले बढ्दा समग्र बजारलाई सकारात्मक दिशामा लैजान मद्दत पुगेको छ।

आज कारोबार भएकामध्ये १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

यस्तै, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा