लगातार दोस्रो दिन सेयर बजारमा उत्साह, नेप्से ४८ अंकले बढ्दा झन्डै १० अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि उत्साहजनक वृद्धि देखिएको छ। बुधबार ४५.१२ अंकले बढेको नेप्से परिसूचकमा आज (बिहीबार) थप ४८.७१ अंकको सुधार आएको छ। यस वृद्धिसँगै नेप्से परिसूचक १.७३ प्रतिशतले उकालो लागेर २८५१.२४ को विन्दुमा पुगेर रोकिएको छ। साताको अन्तिम कारोबार दिन बजारले सकारात्मक लय पक्रिएपछि लगानीकर्तामा उत्साह थपिएको छ।

परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ। बिहीबार ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँमा किनबेच भएको छ। यो कारोबार रकम हिजोको तुलनामा बढी हो। बुधबार ३४६ कम्पनीका १ करोड ८८ लाख कित्ता सेयर ८ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको थियो।

बजारका १३ वटै उपसूचकहरू आज हरियाली बनेका छन्। जसमा ‘अन्य’ समूहको उपसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढ्दा हाइड्रोपावर २.७०, उत्पादन तथा प्रशोधन २.५८ र होटेल तथा पर्यटन समूहमा २.३९ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै विकास बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका उपसूचकहरू पनि १ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।

आज कारोबार भएकामध्ये २५१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, जसमध्ये ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, सुपरखुदी र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतको बढोत्तरी देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा