पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसको पूर्वसन्ध्यामा सरकारले आफ्ना नीति तथा प्राथमिकताहरू सार्वजनिक गर्न लागेको हो। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरु भएको थियो। यस अवधिमा प्रदेशसभा सचिवालयका अनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) का विषयमा सांसदहरूबीच विस्तृत छलफल भइसकेको छ। आज सार्वजनिक हुने नीति तथा कार्यक्रमकै जगमा रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनेछ।




