अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट: सन् २००८ यताकै ठुलो मासिक मन्दी

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ। पश्चिम एसियामा जारी अन्योलका बिच उच्च मूल्यवृद्धिलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर बढाउन सक्ने अपेक्षाका कारण सुनको मूल्य सन् २००८ को अक्टोबरपछिकै सबैभन्दा ठुलो मासिक मन्दीतर्फ धकेलिएको हो। मंगलबार सुनको मूल्यमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

मंगलबार स्पट सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ डलरमा झरेको छ। यस गिरावटसँगै चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटेको छ, जुन लगातार चौथो महिनाको गिरावट हो। आगामी अगस्ट महिनाका लागि अमेरिकी सुनको फ्युचर्स मूल्य पनि १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलर कायम भएको छ।

विश्लेषकहरूका अनुसार अहिले उच्च महँगी, ब्याजदर वृद्धिको उच्च अपेक्षा र बलियो अमेरिकी डलर हाबी भएका छन्, जसले गर्दा सुनको परम्परागत आकर्षण घटेको छ। विश्व बजारका कारोबारीहरूले यो वर्ष अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले तीन पटक ब्याजदर बढाउने अपेक्षा गरेका छन्। सुनसँगै अन्य बहुमूल्य धातुहरू जस्तै चाँदी, प्लाटिनम र प्यालेडियमको मूल्य पनि ओरालो लागेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा