काठमाडौँ उपत्यकामा ट्राफिक नियममा कडाइ: २४ घण्टामै ५ लाख २८ हजार राजस्व असुली

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको छ। सडक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जाँचका क्रममा पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नियम तोड्ने १ हजार ८ सय १३ जना सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, सङ्केत बत्ती (ट्राफिक लाइट) को बेवास्ता गर्ने ११९ जना र तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई जरिवाना गरिएको छ। त्यस्तै, नियमविपरीत सञ्चालन गरिएका १०५ वटा ‘राइड सेयरिङ’ सवारीसाधन कारबाहीमा परेका छन् भने मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९ जना चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

यसका अतिरिक्त, सडकको लेन अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा अनधिकृत रूपमा पार्किङ गर्ने ११७ र एकतर्फी (वान-वे) सडकमा सवारी हुइँक्याउने ६५ जनालाई ट्राफिक प्रहरीले जरिवाना गराएको छ। अन्य विविध सवारी नियम उल्लङ्घन गर्ने १ हजार १ सय १० जनासमेत कारबाहीमा परेको कार्यालयले जनाएको छ। आगामी दिनमा पनि ट्राफिक चेकजाँचलाई अझै प्रभावकारी रूपमा अगाडि बढाइने प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा