रौतहटमा ऋषि धमलाको ‘धमाका’: ३६ सय मत गणना हुँदा जम्मा ९ मत पाए

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा रोचक दृश्य देखिएको छ।

आम जनता पार्टी (आजपा) बाट उम्मेदवारी दिएका चर्चित पत्रकार ऋषि धमलाको चुनावी नतिजा सुरुवाती चरणमै निकै कमजोर देखिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ३ हजार ६ सय मत गणना भइसक्दा पत्रकार धमलाले मात्र ९ मत प्राप्त गरेका छन्। लामो समयदेखि पत्रकारितामा सक्रिय धमला यस पटक प्रत्यक्ष चुनाव लड्न रौतहट पुगेका थिए।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले २ हजार २०५ मतसहित आफ्नो बलियो अग्रता कायम गरेका छन्। उनले अन्य स्थापित दलका उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिना ६९२ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेकपाका रामकुमार भट्टराईले ६३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामजी साहले मात्र १२२ मत पाएका छन्।

रौतहट–४ मा नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको लहरले पुराना राजनीतिक दलहरूलाई ठूलो चुनौती दिएको छ। यहाँको मतगणना कार्य जारी रहेकाले अन्तिम नतिजाका लागि अझै केही समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा