काठमाडौं,पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको थियो। त्यसपछि अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको हो। पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गरेको छ ।
कोरोना फैलन नदिन सरकारले जारी राखेको लकडाउनका बीच हिमानीले आफ्ना छोरीहरुसंग रमाइलो समय बिताइरहेकी छन् । छोरीहरु सामाजिक सञ्जालमा निकै सकृय छन् । उनीहरुले आफ्नी आमालाई पनि प्रवृधिमा रमाउन सिकाइरहेको यो भिडियोवाट देख्न सकिन्छ ,घरभित्र नै बस्न बाध्य अधिकांश सर्वसाधारणले सामाजिक सञ्जाललाई मन वहलाउने माध्यम बनाएका छन् । त्यसमध्य टिकटक अहिले सबैभन्दा लोकपृय छ ।
धेरै मानिसहरु टिकटकसँग जोडिएको पाइन्छ । कलालाकार ,ब्यापारी देखि सर्वसाधारण अहिले परिवारका साथमा रमाइलो गरेका तस्बिर भिडियो सामाजिक सञ्जालमा देख्न पाइन्छ । वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ ।
केही कलाकार भिडियो लाइभ च्याटमा आएर आफ्ना शुभचिन्तकसंग कुराकानी गरेका पनि देखिन्छन ।यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहलाई पनि उनका दुई छोरीहरुले सामाजिक सञ्जालमा सकृय बनाउन लागेको बुझ्न सकिन्छ । सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ ।
हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएको पाइन्छ ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।
उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा बनाएको टिकटक सोमवार निकै भाइरल भएको थियो । सो गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी छन् ।