गुरुकुलहरूमै सर्वोत्कृष्ट परमानन्द संस्कृत गुरुकुल

 

वसिष्ठ ऋषि,नङ्गा बाबा,पगला बाबा,स्वामी परमानन्द सरस्वति आदि विभिन्न ऋषि महर्षिहरूले समय समयमा तपस्या गरेका कारणले पनि पवित्र बनेको देवघाटधाम वर्तमान समयको बहुचर्चित धार्मिक तीर्थस्थल हो।हरिहर मन्दिर,गलेश्वर मन्दिर,विश्वेश्वर मन्दिर,चक्रवर्ती मन्दिर,सीता भासिएको ठाउँ,वसिष्ठ ऋषिले तपस्या गरेको गुफा,रावणले स्थापित गरेको शिवलिङ्ग,वद्रीनाथ मन्दिर,सत्यनारायण मन्दिर, मणिमुकुन्दसेन गुफा,लक्ष्मीनारायण मन्दिर,हनुमान मन्दिर, लगायतका विभिन्न धार्मिक स्थलहरूको संगालोले गर्दा देवघाटधाम पुण्यभूमिको नामले पनि प्रख्यात छ।

 

 

 

 

 

 

 

गोसाइँकुण्डको शिरबाट त्रिशूली र मुक्तिनाथको काखदेखि वहँदै आएकी काली गण्डकीको पावन संगमस्थलको मध्यभागमा विराजमान देवघाटघाम झट्ट हेर्दा शिवजीको शिरमा सजिएको चन्द्रमा जस्तै प्रतिबिम्वित हुन्छ।तनहुँ जिल्ला र चितवन जिल्ला गरी दुई भागमा बाँडिएको देवघाट जाँदाजाँदै पुल नपुग्दै वारी देवघाट र पुल कटिसकेपछिको पारी देवघाट भनेर स्थानीय वासिन्दाहरूले प्रयोग गरेको पाइन्छ।

देवताहरूले नुहाउने घाट भएकोले देवघाट नाम रहेको कुरा पनि सर्वविदितै छ।वसिष्ठ ऋषि,नङ्गा बाबा,पगला बाबा,स्वामी परमानन्द सरस्वति आदि विभिन्न ऋषि महर्षिहरूले समय समयमा तपस्या गरेका कारणले पनि पवित्र बनेको देवघाटधाम वर्तमान समयको बहुचर्चित धार्मिक तीर्थस्थल हो।हरिहर मन्दिर,गलेश्वर मन्दिर,विश्वेश्वर मन्दिर,चक्रवर्ती मन्दिर,सीता भासिएको ठाउँ,वसिष्ठ ऋषिले तपस्या गरेको गुफा,रावणले स्थापित गरेको शिवलिङ्ग,वद्रीनाथ मन्दिर,सत्यनारायण मन्दिर, मणिमुकुन्दसेन गुफा,लक्ष्मीनारायण मन्दिर,हनुमान मन्दिर, लगायतका विभिन्न धार्मिक स्थलहरूको संगालोले गर्दा देवघाटधाम पुण्यभूमिको नामले पनि प्रख्यात छ।

 

वैशाखे संक्रान्ति,साउने संक्रान्ति,साउने सोमबार,जनैपूर्णिमा,माघेसंक्रान्ति,रामनवमी जस्ता हरेक चाडपर्वमा पाँच लाख भन्दा धेरै भक्तजनहरूको घुइँचो लाग्ने देवघाटधामलाई आदिप्रयाग पनि भन्ने गरेको पाइन्छ।यस्तो पावन महिमा बोकेको देवघाटधामले घरबारविहीन लाखौँ वृद्ध आमा बाबाहरूलाई आश्रय दिएको छ भने संसारको माया मोहबाट मुक्त हुन चाहने थुप्रै मुमुक्षु साधु सन्यासीहरूका लागि मुक्तिको साधन बन्न पनि पुगेको छ।

 

त्यस्तै देवघाटधाममा वैदिक सनातन धर्मका संस्कार, संस्कृति र संस्कृत वाङ्मयको संरक्षण-संवर्द्धनका लागि देवघाटधाममा श्रीहरिहर मन्दिर, श्रीहरिहर सन्न्यास आश्रम र श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठ,गलेश्वर वेदवेदाङ्ग विद्यालय र महेश गुरुकुल पनि स्थापित छन्।

संस्कृत विद्या प्रदान गरी सच्चरित्रवान्, सुयोग्य, कर्मठ, दक्ष, देशभक्त तथा युगीन आध्यात्मिक जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यअनुरूप राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजज्यूद्वारा वि.सं. २०२८ मा गुल्मी जिल्लाको दिब्रुङ लेकमा संस्थापित भएर श्रीपरमानन्द वेद वेदाङ्ग विद्यालय नामबाट शुभारम्भ भई देशका विभिन्न जिल्लाहरूमा विस्तृत हुँदै देवघाटधामसम्म आइपुग्दा वर्तमानमा भने स्वामी परमानन्दका शिष्य स्वामी ज्ञानानन्द सरस्वतिका छत्रछायामा श्रीपरमानन्द संस्कृत गुरुकुल निरन्तर अघि बढीरहेको छ।

परमानन्दीय संस्कृत स्वाध्याय ज्ञानधाराको उच्चतम केन्द्रका रूपमा रहेको परमानन्द संस्कृत गुरुकुलको शैक्षिक,भौतिक उन्नतिप्रगतिमा अनासक्त कर्मयोगी सन्तमहात्माहरूको त्याग, कुशल नेतृत्व, चिन्तन र संस्कृतप्रेमी भक्तहरूको स्वैच्छिक आर्थिक सहयोग नै मुख्य हेतु रहेका छन् ।

वैदिक गुरुकुलीय पद्धतिअनुरूप दक्ष अनुभवी आचार्यहरूको सान्निध्यमा निःशुल्क भोजन-आवास सुविधासहित ३०० जना विद्यार्थीहरूलाई अध्ययन-अध्यापन गराइरहेको यस गुरुकुलमा
नेपाल सरकारको शिक्षा नीतिअनुरूप हाल कक्षा ६ देखि शास्त्री (स्नातक) तहसम्मको पठन पाठन हुँदै आइरहेको र यही शैक्षिक सत्र २०७९/०८० देखि आचार्य (स्नातकोत्तर )तहको समेत पठन पाठन सञ्चालन पनि हुने भएको छ।

 

राष्ट्रियस्तरका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा पनि सधैँ उच्चकोटिको पुरस्कार प्राप्त गर्दै आइरहेको श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित यो गुरुकुल विद्यापीठ आफ्नो लक्ष्य सिद्धिका लागि निरन्तर गतिशील रहेको छ।

त्यस्तै हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १०(एस.इ.इ)को परीक्षामा पनि सधैँ सर्वोत्कृष्ट नतिजा ल्याउने यस गुरुकुलले सोही राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२(एस.एल.सी) को परीक्षामा पनि परमानन्द संस्कृत गुरुकुलमा अध्ययनरत विद्यार्थीहरू क्रमश: २०७४ लक्ष्मण भण्डारी,जगदीश प्याकुरेल,कृष्ण पाण्डेय,विज्ञान भट्टराई,अनन्त पाण्डेयले निरन्तर पाँच वर्षसम्म सर्वोत्कृष्ट अङ्क प्राप्त गरी संस्कृत विधाबाट नेपाल प्रथम हुन सफल भए।

त्यसै अनुरूप संस्कृत गुरुकुलको गर्ने उद्देश्यले स्थापित संस्कृत विकास कोष विरगञ्जले हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा नेपालभरीबाट सर्वोत्कृष्ट हुने सफल विद्यार्थीको सम्मानार्थ प्रमाणपत्रसहित रू. ५१००० को” विनाजा पुरस्कार ” प्रदान गर्दै आइरहेको छ।कोषले २०७४ सालमा सर्वोकृष्ट हुने परमानन्द संस्कृत गुरुकुलकै छात्र लक्ष्मण भण्डारीलाई सो पुरस्कार प्रदान गरेको थियो भने त्यस देखि यता विभिन्न कार्यव्यस्तताले गर्दा पुरस्कार दिने क्रम रोकिएको थियो।तर यसपाली भने कोषले काठमाडौँ टोखा स्थित परमानन्दको संस्कृत गुरुकुलकै अभिन्न अङ्ग हरिहर मन्दिरको चौथो वार्षिकोत्सव यही जेठ १ गतेको भव्य समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति एवं विभिन्न विद्वान् वर्गको उपस्थितिमा एकैपटक चार वर्षदेखिको विनाजा पुरस्कार प्रदान गरेको छ।

 

सर्वोत्कृष्ट हुनेलाई प्रमाण पत्रसहित प्रतिव्यक्ति रू.५१००० हजार पुरस्कार राशि प्रदान गरिएको थियो।सो पुरस्कार वितरण कार्यक्रममा २०७५को पुरस्कार जगदीश प्याकुरेलले २०७६ को पुरस्कार कृष्ण पाण्डेयले,२०७७ को पुरस्कार विज्ञान भट्टराईले र २०७८ को पुरस्कार अनन्त पाण्डेयले प्राप्त गरे ।


एक कुराकानीमा हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतिले :-
लगातार पाँचवर्षसम्म परमानन्द संस्कृत गुरुकुल नेपाल प्रथम हुन सफल हुनुको रहस्य परमानन्द गुरु महाराजको आशीर्वाद एवं विद्यार्थीहरूको लगनशीलता र गुरुकुलीय वातावरण नै सर्वोपरि रहेको कुरा बताउनुभयो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा