आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठशुक्ल द्वितीया तिथि, ७ गते आइतबार,
तदनुसार मे २१ ,२०२३ ।
आज विहान ०५:१४ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज बालव नामको करण रहेको छ भने  रोहिणी नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी सुकर्मा नामको योग रहेको छ ।
त्यस्तै वृष राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन नजिकको व्यक्तिको सरसल्लाहमा गरेको कार्यले सफलता प्राप्त हुनेछ।कुनै कुराले मन प्रसन्न हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नो कामले सबैलाई खुसी बनाउन सकिनेछ।स्त्रीलाभ हुन सक्नेछ।आकस्मिक धन प्राप्ति पनि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन पारिवारिक समस्यामा उल्झन सकिनेछ।विभिन्न तनावले गर्दा टाउकोमा समस्या हुन सक्नेछ।गरेका कार्यहरू सम्पन्न हुनेछैनन् त्यसैले विचार गरेर कार्य गर्नुहोला सजग हुनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन धार्मिक कार्यमा मन लाग्नेछ भने धन प्राप्तिको पनि योग रहेको छ।नयाँ कार्यको योजना बन्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन सहयोगी मनहरूले साथ दिनेछन् ।रचनात्मक कार्यमा सहभागी भइनेछ भने आफ्नो नेतृत्वना विभिन्न काम सम्पादन हुनेछन् । त्यसैगरी परिवारमा खुसीयाली छाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन अतिथि सेवा गर्नुपर्ने छ।साथीभाइवाट सहयोग पाइनुका साथै आँफ्नै कलाकौशलले कार्य सम्पन्न हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको  दिन एकदमै विचार पुर्याएर निर्णय लिनुहोला।आर्थिल क्षेत्रमा ठूलो घाटा व्यहोर्नुपर्ला।घमण्डीपनले गर्दा काम बिग्रन सक्छ सजग हुनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन तीर्थादिको दर्शन हुनेछ ।एकैकामबाट विभिन्न फाइदाहरू उठाउन सकिनेछ भने व्यावसायिक कार्यमा सफलता प्राप्त गरिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन कला गलाको क्षेत्रमा राम्रो मन लाग्नेछ।पारिवारिक जीवन मनोहर बन्नेछ भने बोलीको प्रभावले गर्दा सबैको राम्रो बनिनेछ साथै शुभकामको चर्चा पनि उत्तिकै चल्नेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन जोश,जाँगर र हिम्मत बढेर आउनेछ।दैनिक कार्यमा प्रगति हुनुका साथै मनोरञ्जनात्मक यात्राको योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  धैर्यताका साथ कार्य गर्ने हो भने सफलता प्राप्त गर्न सकिनेछ।दिन सुमधुर नै छ ।स्वास्थ्य पनि मध्यम खालकै रहनेछ ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्नेहरूका लागि प्रशंसा पाउनुहुनेछ ।  धनार्जनका ठाउँहरू पत्ता लाग्नेछन्।इच्छा ,चाहनाहरू पूर्ण हुनेछन्।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन सूर्य भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – [email protected])

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा