सुनकाे भाउ घट्दा चाँदीकाे बढ्याे, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा उच्च बिन्दुले बढेकाे सुनकाे भाउ आज सामान्य घटेको छ । हिजाे ताेलामा ३१०० रूपैयाँ बढेकाे सुनकाे भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको घटेर प्रतितोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

यता आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४९ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा