प्रधानमन्त्रीलाई राजीनामा बुझाएर जेनजी सरकारबाट बिदा भए कुलमान

काठमाडाैं । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । उनले बुधबार राती प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाए पछि पत्रकार सम्मेदन गर्दै साे जानकारी गराएका हुन् ।

भदौ २३,२४ को जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा गत भदौ ३० गते मन्त्री नियुक्त भएका घिसिङले ४ महिना पनि नपुग्दै राजीनामा दिएका छन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपाको उपाध्यक्ष बनिसकेको चर्चा चले पनि उनले भने आफू कुनै दलको सदस्य नभएको दावी गर्दै आएका थिए।

कुनै पनि राजनीतिक दलकाे सदस्यता नलिएकाे दाबी गरेका घिसिङले रास्वपाबाट काठमाडौं ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

यद्यपी रास्वपासंग पार्टी एकिकरण गरिसके पनि भागवण्डा कुरा मिलिसकेको छैन । कुलमान निकटका नेताहरु सम्मानजनक एकता नभए रास्वपा छोडेर पूर्व सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठित उज्यालो नेपाल पार्टीबाट राजनीति गर्न सक्ने दावी गर्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा