काठमाडौं । काठमाडौंबाट पिकनीक गएर फर्किदै गरेको बस दुघटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
३५ देखि ४० जना सवार बस नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना गमिभर घाइते भएका छन् । दुर्घटनापछि घटनास्थलबाट सबै यात्रुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप बिवरण भने आउन बाँकी छ ।
