बिहिबारसम्म निर्वाचन प्रहरीका लागि १ लाख ७२ हजार जनाले दिए आवेदन

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि म्यादी प्रहरीमा करिव पाैने २ लाख आवेदन परेको छ ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखास्त आह्वान गरेकाेमा बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको हाे ।

३६ जिल्लामा भने माग भन्दा कम आवेदन परेकाले पुन: २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो । हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा