भारतबाट घर फर्केका १२ जना नेपालीको दुर्घटनामा परि निधन,२१ जना घाइते

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । सो घटना बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको निधन भएको छ ।

उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै निधन भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

निधन भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।दुर्घटनामा परेका सबैको स्वाब संकलन गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डाक्टर प्रकाश थापाका अनुसार दुर्घटनाका मृतक र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको छ ।

अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको उनले जानकारी दिए। उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो।घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिया विष्णु गिरी, वडा नं.२ का २३ बर्षिया रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षिया जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।

दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिया सुनिल परियार, सोही ठाउँका २० बर्षिया बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिया नर ब. बिक, रोल्पाका ४० बर्षिया दिल ब. बिक रहेका छन् ।यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज ब.बुढाथोकी, सल्यानका १८ बर्षिय धन ब. बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दिप ब. बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निम ब.बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिया ज्ञान ब. बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा