धेरैलाई थाहा छ पूर्व युवराज पारस शाह अहिले पोखरामा छन् । लकडाउन अघि पोखरा पुगेका उनी अहिले त्यहाँ नै रमाएर बसेका छन् । उनी थुप्रै नेपालीको टिकटकमा छाइरहेका छन् । टिकटकमा आफु अब काठमाडौ नफर्किने पोखरामा नै बस्ने भन्ने गरेका छन् ।
उनले फेसबुकमा नै दाजु बहिनीको माया भन्दै पूर्व युवराज पारस शाहसँग भाइटिका लगाएका तस्विर पोष्ट गरेकी छिन् । नेपाली टोपीमा सजिएर खिचिएको त्यो तस्विर भाईटिकापछि खिचिएको हो भन्ने सजिलै अनुमान लगाउँन सकिन्छ । यसैले उनीहरुको नाता सम्बन्ध दाजु बहिनीको छ भन्न सकिन्छ ।
भाईटिका लगाएको तस्विरमा उनले लेखेकी छिन् । दाजु बहिनीको सम्बन्ध रगतले मात्र तय गर्दैन । The bond between a brother and Sister is not decided by blood , It is enternally blessed यहाँ के प्रष्ट हुन्छ भने पारसले यी युवतीसँग बहिनीको सम्बन्ध बनाएका छन् । पूर्व राज ज्ञानेन्द्रका छोरी एक जना मात्र हुन् ।
अर्थात पारस शाहकी बहिनी प्रेरणा राज्यलक्ष्मी शाह हुन् । ३० डिसेम्बर २०१९ को पारस शाहको जन्मदिनमा उनै तृष्णाका साथमा पारस, छोरी पूर्णिका, अर्की छोरी र छोरा ह्दयन्द्र सहित पारिवारीक जमघटपनि देख्न सकिन्छ ।त्यसैले उनले यी तृष्णासँग माईती चेलीको सम्बन्धपछि बनाएका छन् भन्ने देखिन्छ ।
किनकी माथी उल्लेख गरिएका बाबु अर्थात तृष्णाका छोराको भिडियोमा पारससँगै देखिएको पोष्टमा उनले मामा भान्जाको साइनोपनि लगाएकी छिन् । यसैले आजकाल पारससँगै पोखरामा देखिने युवती पारस शाहले बहिनी नाता बनाएकी तृष्णा अग्रवाल हुन् । उनी के गर्छिन् भन्ने खुल्न सकेको छैन ।