गगन थापा, केपी ओली र विनाेद चाैधरी लगायतकाे फोटो दुरूपयाेग गरी ‘फन्ड’ जम्मा गर्ने अमेरिकन नागरिक पक्राउ

काठमाडाैं । नेपालका शीर्ष राजनीतिक दलका नेताहरूको नाम र तस्बिर दुरुपयोग गरी रकम ठगी गर्ने एक अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अध्यागमन विभागले ती विदेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानका क्रममा ती व्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा चन्दा संकलन (फन्ड रेजिङ) गर्न विभिन्न कलेजका नक्कली वेबसाइट बनाएको खुलेको छ। उनले ती वेबसाइटहरूमा ‘आवर डाइनामिक टिम’ (हाम्रो गतिशील टोली) भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र उद्यमी तथा कांग्रेस नेता विनोद चौधरी लगायत १३ जना प्रभावशाली नेताहरूको फोटो राखेर रकम माग्ने गरेको पाइएको छ।

ठगीका लागि उनले नेताहरू मात्र नभई अन्य प्रतिष्ठित नेपाली व्यक्तिहरूको नाम समेत ‘लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम’ का रूपमा प्रयोग गरेका थिए। ती वेबसाइटहरूमा उनले आफ्ना शैक्षिक संस्थाहरू त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको दाबी गर्दै प्रचार गरेका थिए। तर, विभागसँगको सोधपुछका क्रममा उनले त्यससम्बन्धी कुनै पनि आधिकारिक प्रमाण पेश गर्न सकेनन्।

पक्राउ परेका ती अमेरिकी नागरिक सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गर्दै आएका थिए। पछिल्लो १२ वर्षको अवधिमा उनले ५० पटकभन्दा बढी नेपालको भ्रमण गरिसकेको अध्यागमनको रेकर्डमा देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा