निश्चित नियम पालना गर्दै सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ ।

काठमाडौं,अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी गरि नेपालमा पनि भुषको आगो सल्के जसरी कोरोना संक्रमित बढिरहेका बेला सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ ।

अढाइ महिनादेखि जारी लकडाउनका कारण खर्बौँको क्षति भइसकेको बताउने निजी क्षेत्रले अब बिस्तारै सावधानीका उपाय अपनाउँदै लकडाउनको विधि परिमार्जन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।चैत ११ गते देशभरिमा दुई जनामा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका बेला लागु गरिएको लकडाउन झन्डै ७० दिन पुग्दा देशमा सङ्क्रमितको सङ्ख्या १,५०० नाघेको छ।

प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। निधन हुनेहरूको सङ्ख्या पनि क्रमश: बढिरहेको छ। तर अब अहिलेको लकडाउनको शैली कतिन्जेल धान्न सकिएला भन्ने बहस पनि सँगसँगै सुरु भएको छ।नयाँ मोडालिटी अनुसार निश्चित समय तोकेर निश्चित व्यक्ति लागी निजी सवारी साधन चल्न दिइने जसमा दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको बताइएको छ ।

लकडाउनका अवधिमा स्वास्थ्यकै क्षेत्रमा पनि विभिन्न अन्य सङ्कट देखा परेका छन्। सुरक्षित सुत्केरी हुन नपाएर महिलाहरूले ज्यान गुमाएको, खोपको नियमित कार्यक्रम प्रभावित भएका जस्ता विवरण आएका छन्।कोरोनाभाइरसको जोखिमका कारण कैयौँ मानिसहरू अस्पताल जान नसकेको वा नचाहेको अवस्था छ।

यसले निकट भविष्यमा उनीहरूको स्वास्थ्यमा अनपेक्षित जोखिम बढ्ने बताइन्छ।“बिस्तारै लकडाउन नखोलेर साध्य छैन। अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहलाई स्वास्थ्य, क्वारन्टीन सुविधा तथा राहतका निम्ति स्रोत उपलब्ध गराउने अनि अवस्था हेरेर अर्थतन्त्र खोल्दै जानुको विकल्प छैन।

नत्र मानिसहरू भोकभोकै पर्न सक्छन्,” अर्थविद् डा. शङ्कर शर्माले बताए।नेपालले सुरुमा नै कडा लकडाउन लागु गरेर सङ्क्रमणलाई सीमित पारेकोमा अधिकांश जनस्वास्थ्यविद् सहमत छन्।यसैको कारण सङ्क्रमण धेरै फैलिन नपाएको र स्वास्थ्यसंस्थाहरूले तयारीको समय पाएको ठानिन्छ।

तर अब सधैँका निम्ति सबै ठाउँमा लकडाउन गरिराख्नु झन् हानिकारक हुनसक्ने कतिपय विज्ञहरूले बताएका छन्।यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । यो नियम कोरोनाको संक्रमण कम फैलिएका ठाँउमा मात्र लागु गर्न दिइने बताइएको छ ।

हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक नपाइने बताइएको छ । मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । त्यस्तै भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा