दाङमा एक गुण्डालाई र उसको समूहलाई देउखुरीमा स्थानियले धपाउन लखेटे

घोराही,दाङ जिल्लाको देउखुरीमा स्थानियले शनिबार गुण्डा नाइके विकास पुनसहितको समूहलाई लखेटेका हुन् ।नदिको धारनै परिवर्तन हुनेगरी दोहन गर्ने एक जना गुण्डा नाइके भनेर चिनिने ब्यक्तिलाई स्थानियले लखेटेका छन् । प्रहरी प्रशासनलाई समेत अटेर गरेर नदि दोहन गर्ने काममा सकृय उनको टोलीलाई धपाउन स्थानिय लाठी लिएर पुगेका थिए ।

राप्ती नदीमा डोजरहरू प्रयोग गरी अबैध उत्खनन् गरेर ठूला खाल्डा बनाइएका छन् । जसका कारण नदिको धार नै परिवर्तन भएर कटानको समस्या बढ्दै गएको छ ।स्थानियले बारम्बार यस विषयमा कुरा उठाउँदा पनि सुनुवाई हुन सकेको थिएन ।

सोही क्रममा डोजर लिएर नदि किनारमा गएका ठेकेदार पुनको समुहलाई स्थानियले नै लखेटे । त्यस क्रममा स्थानीय र ठेकेदार पक्षबीच झडप समेत भएको छ ।गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रको राप्ती नदीमा स्काभेटर प्रयोग गरी गहिरा खाडल बनाइएको हो ।

नदीको धारनै बदल्ने गरी दोहन गर्न थालेपछि स्थानीयले त्यस विरुद्ध उत्रिएका हुन् ।गढवा गाउँपालिकाअन्तर्गतका हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा तथा राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरिया, बसन्तपुर लगायतका बस्तीहरूबाट झण्डै ७ सय जनाले नारा जुलुस गर्दै अबैध उत्खनन् गर्नेहरूको विरोध गरेका थिए ।

नदीबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झण्डै १०० व्यक्तिहरूले ठूला लाठीहरूमा काँटी ठोकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेको थियोे । केही समय दुबै पक्षबीच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले आफ्ना स्काभेटर र टिप्पर हटाएका थिए ।

-फोटो: ताजा खबर बाट-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा