काठमाडाैं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि देखिएको छ। आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५०० र चाँदी ३०० रुपैयाँले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि गत शुक्रबार यसको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम रहेको थियो।
चाँदीको भाउ पनि आज ताेलामा ३०० रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीकाे मूल्य प्रतिताेला ४ हजार ७१० रुपैयाँमा किनबेच भएको थियाे ।





