सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२५ अंकले ओरालो लाग्दै २६ सय ९८ दशमलव ४४ बिन्दुमा पुगेर बन्द भएको छ।

परिसूचक घटे पनि अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकममा भने झिनो सुधार आएको छ। आइतबार ३३० कम्पनीका कुल २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्, जबकि गत बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजारमा आज लगानी र अन्य समूहबाहेक बाँकी सबै उपसूचकहरू राताम्मे देखिएका छन्। जसमध्ये होटल तथा पर्यटन समूहमा सर्वाधिक २.१३ प्रतिशतको गिरावट आएको छ भने व्यापार समूह १.३० र उत्पादन तथा प्रशोधन समूह १.१५ प्रतिशतले घटेका छन्।

समग्र बजार ओरालो लागे पनि आज ८५ कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। विशेषगरी सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिडी पावरको मूल्य ९.९८ र खानीखोला हाइड्रोपावरको मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा