राजनीतिक दल एवं उम्मेदवारलाई अपारदर्शी रूपमा आर्थिक सहयोग र चन्दा नदिन निर्वाचन आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारहरूलाई दिइने आर्थिक सहयोग एवं चन्दालाई पारदर्शी बनाउन उद्योगी तथा व्यवसायीहरूसँग विशेष आग्रह गरेको छ।

आयोगको कार्यालयमा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको छलफलमा आयोगका पदाधिकारीहरूले अपारदर्शी रूपमा चन्दा नलिन र सकेसम्म बैंक खातामार्फत मात्र कारोबार गर्न निर्देशन दिएका छन्।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, निर्वाचनलाई थप मर्यादित र पारदर्शी बनाउन यस पटक उम्मेदवारहरूका लागि बैंक खाता अनिवार्य गरिएको र २५ हजार रुपैयाँभन्दा कमको चन्दा दिँदा समेत अनिवार्य रूपमा रसिद काट्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले केही दिनअघि राजनीतिक दल एवं उम्मेदवारहरुका लागि बैंक खातासम्बन्धी कार्यविधि ल्याएर खाता खोल्न अनिवार्य गरेको थियो । उमेदवारहरुले खाता बाहिरबाट नगद कारोवार गर्न नपाउने व्यवस्था गरिएको छ ।

उम्मेदवारहरूले नगद कारोबारमा जोड दिन सक्ने भए तापनि आर्थिक क्षेत्रबाट हुने सुधार नै समग्र राजनीतिक सुधारको सुरुवात भएकाले बैंक खातामार्फत नै सहयोग गर्न आयोगले उद्योगीहरूलाई विशेष अपिल गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा