काठमाडौँ । पञ्चाङ्ग र ग्रहहरूको स्थिति अनुसार भोलि २०८२ माघ २६ गते सोमबारको दिन केही राशिका लागि निकै फलदायी रहने देखिएको छ। सोमबारको दिन विशेष गरी चन्द्रमाको प्रभाव र शिवजीको उपासना फलदायी मानिन्छ। हेर्नुहोस् भोलिको राशिफल:
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): स्वास्थ्यमा केही गिरावट आउन सक्छ, खानपानमा सजग रहनुहोला। आर्थिक लेनदेनमा विवाद पर्न सक्ने सम्भावना छ।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): प्रेम र मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्राको योग छ र नयाँ मित्रहरू थपिनेछन्।
-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घरायसी सुख र शान्ति बढ्नेछ। नयाँ सवारी साधन वा घरजग्गा खरिदको योजना बन्न सक्छ।
-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा लगानी बढाउँदा फाइदा हुने समय छ।
-
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): मनमा केही अशान्ति र चिन्ता छाउन सक्छ। महत्वपूर्ण निर्णय लिनुअघि अग्रजहरूको सल्लाह लिनु राम्रो हुनेछ।
-
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): लामो समयदेखि रोकिएको धन फिर्ता हुन सक्छ। पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ।
-
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शत्रुहरू सक्रिय हुन सक्छन्, कार्यस्थलमा सावधानी अपनाउनुहोला। अनावश्यक विवादबाट टाढै रहनु उचित हुनेछ।
-
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): बौद्धिक र रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको प्रगतिले मनमा खुसी छाउनेछ।
-
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): कर्म प्राप्तिको समय छ। कृषि र पशुपालनको क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विशेष लाभ हुनेछ।
-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): हिम्मत र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ।
-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अध्ययन अध्यापनमा रुचि बढ्नेछ। मान्यजनको आर्शिवादले जटिल कामहरू पनि सहजै सम्पन्न हुनेछन्।





