चर्चित गायक तथा संगीतकार वाजिद खानको कोरोना सङ्क्रमणका कारण निधन भएको खुलासा !

काठमाडौँ वाजिद खानको निधनले पुरै बलिउडलाई ठुलो धक्का हानेको बताइएको छ ।लिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको ४३ वर्षको उमेरमा निधन भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।केही वर्षदेखि उनलाई किड्नीको समस्या रहेको थियो ।

संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। वाजिद खान र साजिद खानको जोडीले बलिउडको संगित क्षेत्रमा ठुलै प्रतिष्ठा कमाएको थियो ।वाजिद खानको निधनले पुरै बलिउडलाई ठुलो धक्का हानेको बताइएको छ । केही वर्षदेखि उनलाई किड्नीको समस्या रहेको थियो ।

उनको किड्नी ट्रान्सप्लान्ट पनि गरिएको थियो । तर, केही हप्ता अगाडि उनको किड्नीमा इन्फेक्सन देखिएको थियो ।स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

केही दिन अगाडि उनमा कोरोना पोजेटिभ समेत पुष्टि भएको थियो।साजिद–वाजिदको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु दाजुभाइ हुन् । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् । उनीहरुले सन् १९९८ मा सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट करिअर सुरु गरेका थिए ।

त्यसपछि उनीहरुले ‘गर्भ’, ‘तेरे नाम’, ‘पार्टनर’, ‘दंबग’ सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । यस वर्षको इदमा यो जोडीद्वारा संगीतबद्ध ‘भाइ भाइ…’ गीत सलमानले गाएका थिए ।वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से…’ जस्ता गीत चर्चित छन् । वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा