प्रेमिकाले बोलाएर गएका युवा जंगलमा मृत भेटिए!भिडियो सहित

दाङ,रुकमको घटना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घटना भएको छ । वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चार दिन सम्म पनि फेला परेनन् ।सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् । युवकको शव जंगलमा झु ण्डिएको अवस्थामा फेला परेको थियो । यो दाङको घटना हो ।

घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्यान लिए की भन्ने लाग्यो । दाङका गुरु प्रसाद भण्डारीको घरमा यस्तो विपद आएको हो ।चार दिन पछि शव फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई शव उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ ।

उनले आफ्ना छोराको निधनमा प्रेमीकोको हात भएको बताएका छन् । केटीको वारम्बार फोन आउने गरेको बुवाको भनाई छ । उनले आफुले नजिकै अर्को साथीको घरमा बस्न आएको बेलामा आफुले टाढावाट देखेको बताए । छिमेकी युवती उनको साथी भएका कारण बेलाबेलामा त्यहाँ आउने गरेको उनको भनाई छ ।उनले युवतीले बोलाएर आफ्नो छोरालाई ह त्या गरेर रुखमा झु ण्ड्या एको आशंका छ । आमा वितेका कारण उनले पढ्न पनि पाएनन् ।

श्रीमती गुमाएका युवाका वुवाले त्यसको २ वर्षमा २१ वर्षका जवान छोरा पनि गुमाएका छन् । साली (केटाको आन्टी) को घरमा जेठ ५ गते बस्न गएका उनी ९ गते मृत फेला परेका हुन् । युवतीको घर पनि आफ्नो सालीको घर तिरै छ भन्ने सुनेका उनले त्यही नजिकै जंगलमा छोरा खोज्न गएका थिए । छोरा सालीको घरमा जाँदा केटीको घर हुँदै गएको रहेछ, ५ दिन सम्म पनि घर फर्केर नआएपछि मैले सालीलाई फोन गरें, सालीले छोरा यहाँ छैन भनेर भनेपछि आफुहरु खोज्न गएको बताएका छन् ।

-भिडियो-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा