प्रतिनिधिसभा निर्वाचन: आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (फागुन ४ गते) देखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार-प्रसार गर्न पाउने भएका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदानको १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा र सञ्चारमाध्यममा चुनावी सामग्री प्रसारण गर्ने व्यवस्था छ।

दल तथा उम्मेदवारहरूले आजदेखि फागुन १८ गते मध्यरातसम्म चुनावी गतिविधि सञ्चालन गर्न सक्नेछन्। यस अवधिमा आमसभा, कोणसभा र सञ्चारमाध्यम (पत्रपत्रिका तथा अनलाइन) मार्फत तोकिएको मापदण्डमा रही विज्ञापन गर्न पाइनेछ। सभा सञ्चालन गर्दा मञ्च तयारीमा भएको खर्चको विवरण उम्मेदवारले निर्वाचन कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

आयोगले आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अख्तियार गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरू परिचालन गरेको छ। निर्वाचनको निष्पक्षता कायम राख्न नियम उल्लङ्घन गर्ने जोकोहीलाई पनि स्पष्टीकरण सोध्ने, आर्थिक जरिवाना गर्ने र गम्भीर प्रकृतिको गल्ती भएमा उम्मेदवारी नै खारेज गर्न सकिने सम्मको कानुनी व्यवस्था छ।

साथै, निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन पूर्णतः निषेध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा