महाशिवरात्रिका लागि पशुपति आएका नाङ्गा बाबा लाई आज बिदाइ गरिँदै, ५ हजारसम्म दक्षिणा दिइने

काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा आएका नागा बाबालगायत साधुसन्तहरूलाई आज दान-दक्षिणासहित ससम्मान बिदाइ गरिँदैछ।

वि.सं. १८३१ मा जगनन्द प्रकाशेश्वर गुठी स्थापना भएदेखि सुरु भएको यो परम्परा अनुसार फागुन कृष्ण एकादशीमा आएका साधुहरूलाई आज फागुन कृष्ण औँसीका दिन बिदाइ गर्न लागिएको हो।

यसका लागि गुठी संस्थानले ३० लाख र पशुपति क्षेत्र विकास कोषले ८ लाख रुपैयाँ बजेट छुट्याएका छन्। संस्थानले नागा बाबा र साधुहरूलाई आएकै दिन बाँडिएको रङ्गीन कार्डका आधारमा स्तरअनुसारको दक्षिणा दिने व्यवस्था मिलाएको छ भने नेपाल बाहिरबाट आएकाहरूलाई सीमासम्म पुग्न सहज होस् भनी दक्षिणाको रकम बढाइएको छ।

यता कोषले ५ हजार १ देखि १०१ रुपैयाँसम्मको विभिन्न श्रेणीमा दक्षिणा बाँड्नुका साथै वर्षभरि चढाइएका रुद्राक्ष पहिराएर साधुहरूलाई बिदाइ गर्ने तयारी गरेको छ। पशुपतिको गोरखनाथ मठ, भस्मेश्वर अखडा र थापाथलीको कालमोचनघाट लगायतका क्षेत्रमा रहेका करिब चार हजारभन्दा बढी साधुसन्तलाई बिदाइ गरिनेछ।

यसैबीच, साधुहरूलाई धुनी जगाउन ७ लाख बराबरको ५० हजार किलो दाउरा व्यवस्था गरिएको र २०६८ सालदेखि भेटीघाटी पारदर्शी बनाउने अभियान अन्तर्गत संकलित भेटी १५ करोड रुपैयाँ पुगिसकेको समेत कोषले जानकारी दिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा